२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालय जनाएको छ ।

काठमाडौं संखमुलका ६० वर्षका पुरुष, सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षका पुरुष र काठमाडौंको गोकर्णका ५४ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

यस्तै नेपालमा कोरोना संक्रमित हरुको संख्या ह्वात्तै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न २५ प्रयोगशालामा गरिएको परिक्षणमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । हालसम्म ८ हजार २३९ जना संक्रमितहरु सक्रिय रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यसैबीच नेपालमा शनिबार एकैदिन ४३१ जना कोरोना संक्रमितहरु सक्रमणमुक्त भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ८ हजार ४४२ पुगेको छ । देशभर २४ हजार ९७ जना क्वारेन्टाइनमा छन् भने ८ हजार २३९ जना आइशोलेसनमा छन् ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार ००:००  ११ : ०९ बजे