२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापा र उदयपुरमा बाढीले बगाउँदा २ जनाको मृत्यु, १५ परिवार विस्थापित



काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ गैरुनका ६० वर्षीय मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ । देउरीबाट आफ्नो घर गैरुन फर्कने क्रममा खोलाले बगाएका उनको शव १ किलोमिटर तल फेला परेको थियो ।

यसैगरि झापामा विरिङ खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका– ५ का ३५ वर्षीय राजेश गणेशलाई विरिङ खोलाले बगाएर मृत्यु भएको हो । उता मेची नदीले बगाएर भद्रपुर– ३ नाउँगाउँका ३३ वर्षीय हिरण राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

यसैबीच कनकाई नदीको भंगालो बस्तीमा पसेपछि झापाको शिवसताक्षी नगरपालिका ६ का १५ घर परिवार विस्थापित भएका छन् । ढुबानमा परेका उनीहरुलाई उद्धार गरी अहिले इलाका प्रहरी कार्यालय शिवगञ्जमा राखिएको छ । कनकाई नदीको बाँध फुटेर भंगाली बस्तीमा पसेको प्रहरीले जनाएको छ । कनकाई नदीको बहावले खतराको तह पार गरेपछि नदी आसपासका क्षेत्र डुवान तथा कटानको जोखिममा पर्दै गएका छन्।

प्रकाशित मिति : २०७७, २८ असार आइतबार ००:००  ३ : ०७ बजे