काठमाडौँ। नेपाली भाषाका कविहरुको प्रतिभालाई प्रस्तुत गर्ने उदेश्यका साथ नेपाल टेलिभिजनको इतिहासमा पहिलो पटक ‘द पोएट आइडल’ नामक रियालिटी शो हुने भएको हो ।
गीत, संगीत एव नृत्य वा अन्य विशेष प्रतिभालाइ जनसमक्ष ल्याउने थुप्रै कार्यक्रम हुने गरेको भएता पनि कवि लक्षित गरेर भने कुनै पनि कार्यक्रम नभएको भन्दै कविको प्रतिभालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिन लागेको आयोजकले बताएका छन् ।
टेलिभिजन कार्यक्रममा लामो अनुभव बटुलेका निर्देशक अमन प्रताप अधिकारिको निर्देशनमा पटक द पोएट आइडल बन्न लागेको हो ।
निर्देशक अधिकारीको बुबा तथा लाेकप्रिय कवि तथा गीतकार क्षेत्र प्रताप अधिकारीको स्मृतिमा बन्न लागेको यस कार्यक्रमको मुख्य उदेश्य देशका कुना कन्दरमा रहेका कविहरुलाई मञ्च दिने रहेको छ ।
कार्यक्रममा भाग लिन ईच्छुकहरुले कार्यक्रमको इमेल, भाइवर, फेसबुक जस्ता डिजिटल प्लेटफर्म माफर्त आफ्न कविता आफैले वाचन गरेको दुई मिनेटसम्म लामो भिडियो पठाएर अडिसन दिन सकिने छ ।
कार्यक्रममा बिश्वका जुनसुकै स्थानमा रहेका नेपाली भाषि कविले भाग लिन पाउने छन् ।
कार्यक्रममा नायक दिव्य देव , साइग्रेस , चर्चित कविदय विप्लव प्रतिक , उपेन्द्र सुब्बाका साथ निर्देशक तथा रंगकर्मी अनुप बराल र नायिका सुरक्षा पन्त निर्णयक मण्डलको रुपमा रहनेछन् । कार्यक्रम एपि वान टेलिभिजनबाट प्रसारण हुने छ ।












