२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा.केसी धनगढी प्रस्थान, आजैदेखि अनसन बस्ने



काठमाडौँ । डा.गोविन्द केसी अनसन बस्न धनगढीतिर प्रस्थान गरेका छन् । आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौंबाट धनगढी प्रस्थान गरेका हुन् । आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर लागेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । माग सुनुवाई नभएको भन्दै पूर्वनिर्धारित समय अनुसार नै धनगढी गएका हुन् । ‘धनगढीमा कहाँ बस्ने भन्ने अहिले नै फिक्स भइसकेको छैन्’ सुवेदीले भने ।

केसीले १२ भदौमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए । उनले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका थिए । 

तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्ने लगायतका माग उनले अघि सारेका छन् ।

प्रकाशित मिति : २०७९, २७ भाद्र सोमबार ००:००  १२ : ०२ बजे