२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणीकरण



काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका छ वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९,  तथ्यांक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको सपथ व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको बताए ।

संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति भण्डारी समक्ष पठाइएको ती विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले पठाएको पत्रमा उल्लेख गरिएको पनि सभामुख सापकोटाले बताए ।

प्रकाशित मिति : २०७९, २९ भाद्र बुधबार ००:००  २ : ४८ बजे