२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षकको सरुवाविरुद्ध रामग्रामका विद्यार्थी आन्दोलित



नवलपरासी। शिक्षकको सरुवा गरिएपछि विरोधमा उत्रिएका विद्यार्थीहरूले बुधबार रामग्राम नगरपालिका घेराउ गरेका छन् ।

विद्यार्थीहरूको आन्दोलनका कारण नगरपालिकाको काम ठप्प बनेको छ । विद्यार्थीहरुले नगरपालिकाको मुल गेटबाट भित्र प्रवेश गर्न थालेपछि केही समय प्रहरीसँग धरपकड भएको थियो ।

सदरमुकाममा रहेको पवन माध्यामिक विद्यालयका विद्यार्थीहरुले प्रदर्शन गरेको आन्दोलनमा वरपरमा रहेका केही विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।  पढाइ राम्रो गर्ने शिक्षकको सरुवा गरेका कारण आन्दोलन गरिएको विद्यार्थीहरुले बताएका छन् ।

नगरका ३२ वटा सामुदायिक विद्यालयमा कार्यरत १४१ जना शिक्षकमध्ये ३३ जना शिक्षकको सरुवा भएको नगर शिक्षा शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७९, २९ भाद्र बुधबार ००:००  ४ : १३ बजे