२०८२, १२ चैत्र बिहीबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल-चीनको व्यापारीक नाका खुल्यो



रसुवा।  नेपाल–चीनको व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । साउन २३ गते बाट बन्द भएको नाका आज बाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

आज बिहान सात वटा चिनियाँ गाडीले सामान नेपाल तर्फ ल्याए सँगै नाका सञ्चालनमा आएको रसुवा भन्सार प्रमुख रामप्रसाद मैनालीले बताए  । दैनिक १४ वटा चिनियाँ गाडीले आज सामान ल्याउने बताए पनि भोलि बाट थप २४ घन्टा सामान पठाउने चिनियाँ पक्षले बताएको छ ।

रसुवागढीमा सामान लोड अनलोड गर्ने, सवारी चालक तथा सुरक्षा निकाय, भन्सार कर्मचारी सँगै अन्य ब्यत्तीहरुले कोभिड १९ को स्वास्थ्य सम्बन्धि सुरक्षाको सम्पूण मापदण्डमा रहि काम गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी नबराज जैसीले बताए ।

नेपाल र चीनबीच स्थलमार्ग भएर व्यापार हुने रसुवागढी नाकाबाट कोरोनाका कारण कोटा प्रणालीमा माल वस्तु आयात हुँदै आएको छ भने लामो समय देखि निर्यातसँगै मानिसहरुको आवत जावत ठप्प छ ।

प्रकाशित मिति : २०७९, ३० भाद्र बिहीबार ००:००  १२ : ३८ बजे