२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीलाई फिल्म खेल्न प्रस्ताव



काठमाडौँ। अभिनेता तथा निर्माता किरण केसी ‘रातामकै’ले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्न चाहेमा साईन गराउन तयार रहेको बताएका छन्।

केसीले ओलीलाई हार्मोनियम र गितार बजाउन आउने जोक्स पनि गर्ने र कलाकारमा हुने गुण सबै ओलीमा भएकोले फिल्म खेलाउने इच्छा भएको बताए। उनले फिल्मको लागि ओलीलाई दशैंपछि औपचारिक प्रस्ताव गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली फिल्म खेल्न चाहनु भयो भने १० लाख ११ हजार दिएर साईन गराउन म तयार। उहाँलाई दुई दिन मात्रै सुटिङ गराउँछु, दुई दिन पनि ३/३ घण्टा, ६ घण्टा मात्रै सुटिङ गराउँछु ल। अनि यदि बहिनी पुर्वमन्त्री रामकुमारी झाक्रीले मान्छिन् भने उनीसंग म जोडि बनेर फिल्म खेल्ने इच्छा छ।’

प्रकाशित मिति : २०७९, ३० भाद्र बिहीबार ००:००  १२ : ५४ बजे