२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फतुवा विजयपुर नगरपालिकाको बजेट ४९ करोड ४९ लाख



रौतहट। फतुवा विजयपुर नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । नयाँ आर्थिक वर्षको असार १० गतेभित्र बजेट ल्याउनु पर्ने व्यवस्था भए पनि मेयर गोपाल यादव अख्तियारको मुद्दामा निलम्बन भएको कारणले बुधबार सम्पन्न छैटौं नगरसभाले ४९ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि ४९ करोड ४९ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरिएकाे प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवले सभामा जानकारी गराए ।

फतुवा विजयपुरका मेयर गोपालप्रसाद यादव अख्तियारको मुद्दामा परेर हालसम्म निलम्बित रहेकाले नगरसभामा उनको उपस्थिति थिएन ।

प्रकाशित मिति : २०७९, ३० भाद्र बिहीबार ००:००  १ : ४७ बजे