२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीको आरोप : प्रचण्डले अँगालो हाल्दा छुरा रोपे



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको आरोप लगाएका छन् ।

बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टी एकता गरी अर्को अध्यक्ष बनाउँदा प्रचण्डले आफूलाई पार्टीको सदस्यबाट नै हटाएर छुरा रोपेको आरोप लगाएका हुन् ।

“मैले प्रचण्डलाई आउनुस मित्र एकीकृत पार्टी बनाऔंँ, बलियो वामपन्थी पार्टी बनाऔँ, एकताबद्ध भएर अघि बढाऔँ भनेर प्रचण्डलाई अध्यक्ष बनाएर मेरो छेउमा ल्याएर राखेको थिएँ मानसम्मानका साथ मेरो छेउमा,” उनले भने, “मैले अँगालो हालेको थिएँ प्रचण्डलाई, हात मिलाएको मात्रै होइन । तर, प्रचण्डले हात लुकाइलुकाइ हिँड्थे । म सचेत त थिएँ । नभन्दै मैले अँगालो हालेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे ।”

आफू नेकपाको एकता जोगाउन लाग्दा साधारण सदस्यबाट हटाइएको भन्दै ओलीले आन्दोलन धोका, छलबाट नहुने पनि बताए । उनले अहिलेको माओवादी केन्द्र प्रचण्ड गुट मात्रै भएको दाबी गर्दै माओवादी केन्द्र एमालेमा नै मिसिइसकेको जिकिर गरे ।

प्रकाशित मिति : २०७९, ३० भाद्र बिहीबार ००:००  २ : ४० बजे