२०८१, ४ बैशाख मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरमा फुटपाथ व्यापारीको प्रदर्शन (तस्बिरहरु)



काठमाडौं । फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाको कार्यालयअगाडि प्रदर्शन गरेका छन् । नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा बिहीबार महानगरको कार्यालयअगाडि धर्ना दिइएको हो ।

विकल्प नदिई फुटपाथबाट व्यापारीलाई विस्थापन गरिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । आज सुन्धारामा भेला भएर उनीहरू भद्रकाली हुँदै महानगर कार्यालय घेराउ गर्न पुगेका थिए ।

गरिखाने श्रमिकको रोजीरोटी खोसिदिएको भन्दै यसअघि पनि व्यापारीले आन्दोलन गरेका थिए । महानगरले नगर प्रहरी परिचालन गरेर बानेश्वर, असन, इन्द्रचोक क्षेत्रमा फुटपाथ व्यापार हटाइरहेको छ ।

महानगरले फुटपाथ पैदलयात्रीका लागि रहेको भन्दै त्यहाँ व्यापार–व्यवसाय गर्न निषेध गरेको छ ।

प्रकाशित मिति : २०७९, ३० भाद्र बिहीबार ००:००  ३ : ०१ बजे