२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा ६ सहित थप ८२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । हाल उपचाररत कोरोना संक्रमितको संख्या ८ हजार १७४ रहेको छ ।

यस्तै आइतबार १४७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमण निको भएर ८ हजार ५ सय ८९ जना घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, २८ असार आइतबार ००:००  ११ : ५० बजे