२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फागुन १९ मा छक्कापञ्जा ४ प्रदर्शनमा आउने



काठमाडौं। हिट सिरिज ‘छक्कापञ्जा’ को चौथो संस्करण ‘छक्कापञ्जा ४’ आगामी फागुन १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

यसअघि तिहारलाई लक्षित गर्दै कार्तिक ४ मा आउने चर्चामा रहेको यो फिल्मले अन्ततः फागु पूर्णिमाको छेको पारेर दर्शकमाझ आउने साइत जुराएको छ ।

यो मितिमा मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ पनि रिलिज हुँदैछन् । ‘छक्कापञ्जा ४’ मा हेमराज बिसीको निर्देशन छ । फिल्ममा बेनिशा हमाल र मलिना जोशी पनि प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति : २०७९, ३१ भाद्र शुक्रबार ००:००  ९ : २८ बजे