काठमाडौं । चाँगुनारायण नगरपालिकाले नगरभित्रका डकर्मी र कालीगडको तथ्यांक संकलन गर्न थालेको छ । नगरपालिका भित्र निर्माणहुने संरचना मापदण्ड अनुसार बनाउने नीति अनुरुप कालीगढलाई तालिम दिन तथ्याङ्क संकलन गर्न लागिएको हो ।
अभिलेखका लागि नगरपालिकाले अर्ध दक्ष र दक्ष कालीगढलाई निवेदन दिनका लागि आग्रह गरेको नगरप्रमुख जीवन खत्रीले बताए ।
भवन निर्माण मापदण्ड तथा घर नक्सा कार्यविधिअनुसार नगरपालिकाभित्र निर्माण हुने भवन दक्ष डकर्मी र कालीगढबाट गराउनका लागि अभिलेखीकरण गर्न लागेको नगरपालिकाले जनाएको छ ।












