गुल्मी। इस्मा गाउँपालिकाले महिला शिक्षक सुत्केरी विदामा रहँदा पठनपाठन गर्न स्वयंसेवक शिक्षक राख्ने भएको छ ।
शिक्षकहरू विदामा रहँदा सिकाइमा असर परेको भन्दै कार्यपालिकाको बैठकले शिक्षक स्वयंसेवक राख्ने निर्णय गरेको हो ।
विद्यालयमा कुनै महिला शिक्षक सुत्केरी भएको समयमा अथवा कुनै शिक्षक कुनै कारणबस लामो बिदामा बसेको समयमा विद्यालयमा पठनपाठनमा समस्या नहोस भनेर उक्त व्यवस्था गरिएको पालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।
ती शिक्षक कर्मचारीलाई वडा अनुसार क्षेत्र ताकेर पठाईने र खाली रहेको कक्षाकोठामा उनीहरूले अध्ययन गराउने उपाध्यक्ष कुँवरको भनाइ छ ।












