२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साझा पार्टीबाट बाहिरिए सूर्यराज आचार्य र मुमाराम खनाल



काठमाडौं । साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्य र मुमाराम खनाल पार्टीबाट बाहिरिएका छन् । दुवैजनाले पार्टीभन्दा बाहिर रहेर सहयोग गर्ने घोषणा गर्दै पार्टी छाडेको सहप्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

उनीहरुले पार्टीका सबै जिम्मेवारी त्यागेर पार्टीको संरचनाभन्दा अलग रहने बताएका छन् । आचार्यलाई जुनसुकै बेला पार्टीमा जोडिन चाहेमा खुला तरिकाले स्वागत गर्ने निर्णय पनि साझा पार्टीले गरेको छ । अर्का केन्द्रीय सदस्य मुमाराम खनालले व्यक्तिगत कारणहरु देखाएर पार्टीबाट राजीनामा गरेका थिए ।

त्यसैगरी साझा पार्टीले समान सोँच भएका पार्टी, समूह र व्यक्तिहरुसँगको एकीकरणको प्रक्रियालाई अघि बढाउन वागमती प्रदेश संयोजक समीक्षा बास्कोटा, संगठन विभाग प्रमुख केशव दाहाल तथा केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठ सम्मिलित तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको छ । संवाद समितिले विवेकशील पार्टीसँग एकताको तयारी पनि थाल्ने एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २८ असार आइतबार ००:००  ३ : ५८ बजे