२०८२, १ पुस मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० अर्ब ८५ करोड रुपियाँले घट्यो राजस्व सङ्कलन



काठमाडौं। अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो ।

यस अवधिमा कर राजस्व मात्रै १५ अर्ब ४१ करोड रुपियाँले घटेको छ भने गैरकर राजस्व छ अर्ब ९९ करोड रुपियाँले घटेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९/८० को दुई महिना ९साउन–भदौमा एक खर्ब ४३ अर्ब ८१ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यसमध्ये एक खर्ब ३० अर्ब ७० करोड रुपियाँ कर राजस्व उठेको छ । त्यस्तै १३ अर्ब १० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक खर्ब ६४ अर्ब ६६ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये एक खर्ब ४४ अर्ब ७६ करोड रुपियाँ कर राजस्व र १९ अर्ब ९० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको थियो ।

चालू आर्थिक वर्ष सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ । यसमध्ये कर राजस्व १२ खर्ब ९५ अर्ब ३७ करोड र गैरकर राजस्व एक खर्ब सात अर्ब ७७ करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सङ्कलन भएको राजस्व कुल राजस्व लक्ष्यको १०.२५ प्रतिशत मात्र हुन आउँछ । त्यस्तै कर राजस्व भने लक्ष्यको १०।०९ प्रतिशत मात्र सङ्कलन भएको छ । गैरकर राजस्व कुल लक्ष्यको १२.१६ प्रतिशत मात्र सङ्कलन भएको छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : २०७९, २ आश्विन आइतबार ००:००  ११ : ०८ बजे