काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उमेदवार टुङ्गयाउनका लागि बैठक बस्न लागेको हो ।
बैठकले सहमहामन्त्रीहरुले क्लस्टरिङ गरेका नामहरुबाट अन्तिम सूची बनाउने बताइएको छ । कांग्रेसले आठजना सहमहामन्त्रीहरुलाई कस्टरिङ अनुसार समानुपातिक उम्मेदवारको सूची बनाउने जिम्मा दिएको थियो ।
कांग्रेस संसदीय समितिमा पदाधिकारीहरुसँगै नेता रामचन्द्र पौडेल पनि रहेका छन् । समितिको बैठक हिजो पनि बसेको थियो ।
निर्वाचन आयोगले आज र भोलि समानुपातिक बन्दसूची बुझाउनका लागि समय तोकेको छ ।












