बर्दिया । बाँसगढी नगरपालिकाले नगरपालिकाका सबै सूचना स्थानीयको मोबाइलमा सम्प्रेशन गर्ने भएको छ ।
नगरपालिकाको सबै सूचना तथा गतिबिधिहरू स्थानीयको मोबाइलमा एसएमएस गर्नका लागि सबै तयारी पूरा भएको नगरपालिकाले जनाएको छ ।
स्थानीयले एसएमएसमार्फत सूचना प्राप्त गर्नको लागि आफ्नो फोन नम्बर भने दर्ता गर्नुपर्ने छ । नगरपालिकामा दर्ता भएका मोबाइलमा सबै सूचनाहरू पठाइने नगर प्रमुख खड्क वहादुर खड्काले जानकारी दिए ।
बाँसगढी नगरपालिकाको सूचना नगरवासीको हात हातमा अभियान अन्तरर्गत उक्त सेवा आजदेखि सुरु गरिएको नगरपालिकाले जनाएको छ ।