धनगढी । धनगढी उपमहानगरपालिकाले कार्यालयबाट हुने भुक्तानी, राजस्व दाखिलालगायत काम अब अनलाइनबाटै हुने व्यवस्था गरिएको छ ।
आर्थिक वर्ष सकिने बेला दिएका चेक दुई महिनासम्म नसाटिने अवस्था हुने छैन । काम सम्पन्न भएको प्रतिवेदनका आधारमा भुक्तानी आदेश दिएलगत्तै सम्बन्धितको खातामा पैसा पुग्ने उपमहानगरले जनाएको छ । भुक्तानी माग गर्नेको खातामा सरकारी पैसा पठाइने व्यवस्था उपममहानगरले गरेको हो ।
विद्युतीय भुक्तानी हुने भएपछि निर्माण व्यवसायी तथा उपभोक्ताले चेकका लागि उपमहानगर धाउनुपर्ने छैन । सम्पूर्ण आर्थिक कारोबारका लागि विद्युतीय भुक्तानीको व्यवस्था गरिएको उपमहानगरको दाबी छ ।












