काठमाडौं । नेकपा एमालेका नेता डा. राजन भट्टराईले संविधान बचाउन र देश बनाउका लागि एमालेको एमालेले बहुमत ल्याउनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा नेकपा (एमाले) भोजपुर– काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा नेता डा.भट्टराईले मंसिर ४ को निर्वाचनबाट एमालेले बहुमत ल्याएर संविधानको रक्षा गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने बताएका हुन् ।

एमाले विरुद्ध अन्य दलहरुले गठबन्धन गरेपनि जनता एमालेको पक्षमा रहेको उनको भनाई थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि गठन भएको सरकारकाले मूलु्कको हितमा एउटा पनि काम गर्न नसकेको उनले बताए । मंसिर ४ पछि एमालेले देशको नेतृत्व गर्ने दावी गर्दै डा.भट्टराईले भने,–‘एमालेका लागि बहुमत यस देश बनाउनका लागि लोकतन्त्रको रक्षाका लागि, संविधानको रक्षका लागि नेकपा एमालेले बहुमत ल्याउनुपर्छ । यसदेशमा विकासको लहर ल्याउनका लागि एमालेले बहुमत ल्याउनुपर्छ ।’ गठबन्धन भित्रका दलहरु फेरिपनि मिलेर मूलुक ध्वस्त पार्ने रणनितीमा लागेको भन्दै त्यसलाई चिर्न एमालेले बहुमत ल्याउनुपर्ने उनको भनाई थियो ।

एमालेले सरकारमा हुँदा गरेका राम्रा कामको प्रचार गर्न र एमालेका पक्षमा रहेको जनमतको संरक्षण गर्न नेता डा.भट्टराईले कार्यकर्तालाई निर्देशन दिएका छन् ।












