काठमाडौं। नेपाल नाई संघले काठमाडौं उपत्यकाभरका सैलुनहरूले दिने विभिन्न सेवाको शुल्क बढाएको छ । जसअनुसार अब सामान्य कपाल काटेको शुल्क २०० रूपैयाँ तिर्नुपर्ने भएको छ ।
यसअघि कपाल काटेको १५० रूपैयाँ शुल्क रहेकोमा एकैपटक ५० रूपैयाँ बढाइएको हो । यस्तै दारी काटेको पनि १५० देखि २०० पुर्याइएको छ । सूचीअनुसार सामान्यरूपमा दारी काटेको १२० र विशेषरूपमा काटेको २०० तिर्नुपर्ने छ । दारी डिजाइनिङ गर्दा १५० देखि २५० रूपैयाँ शुल्क तोकिएको छ ।