२०८१, ८ बैशाख शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कटुञ्जे माविको अध्यक्षमा झनक कार्की निर्विरोध निर्वाचित



ओखलढुंगा । ओखलढुंगाको सुनकोशी स्थित कटुञ्जे माविको व्यवस्थापन समिति अध्यक्षमा झनक कार्की निर्वाचित भएका छन् । विद्यालयको ११ औं अभिभावक भेलाबाट सुनकोशी ९ का संस्थापक वडाअध्यक्ष समेत रहेका कार्की निर्विरोध निर्वाचित भएका हुन् ।

५ वर्ष वडाअध्यक्ष हुँदा शैक्षिक विकास र गुणस्तर सुधारमा अब्बल काम गरेको भन्दै अभिभावकले कटुञ्जे माविलाई नमुना विद्यालय बनाउने अठोट पुरा गर्न कार्कीलाई अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । कार्कीसहित ३ पदाधिकारी र मानबहादुर दर्जीको नेतृत्वमा शिक्षक अभिभावक संघ निर्विरोध गठन भएको छ ।

अभिभावकको विश्वास र साथलाई उच्च सम्मान गर्दै कटुञ्जे माविलाई यस क्षेत्रकै नमुना विद्यालय बनाउने नवनिर्वाचित अध्यक्ष कार्कीले बताएका छन् । ‘यहाँहरुकै रचनात्मक सल्लाह, पृष्ठपोषण अनुसार विद्यालयको आवश्यकता, अभिभावक र विद्यार्थीको चाहाना अनुसार वर्तमान समय सुहाउँदो शैक्षिक विकासका लागी सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ निर्वाचित भएपछि पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘वडाअध्यक्षको भूमिकामा रहँदा धेरै काम गरियो, अझै यो वा त्यो भूमिकामा म यहाँहरुकै बीचमा रहेर काम गर्छु । शिक्षा क्षेत्र विकासको मेरुदण्ड हो । यहाँका विद्यार्थी गुणस्तरीय शिक्षा खोजेर गाउँ छाड्नुपर्ने परिस्थितीको अन्त्य गर्नेछु ।’ निवर्तमान वडाअध्यक्ष कार्कीले सबैको साझा भूमिकामा गाउँको विद्यालयबाट प्रदान हुने शिक्षालाई युग सुहाउँदो बनाउन सकिने बताएका छन् ।

६ वर्षमा कटुञ्जे माविको विव्यस पूनर्गठन गरिएको हो ।

प्रकाशित मिति : २०७९, ३ आश्विन सोमबार ००:००  १ : ५१ बजे