२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोकिएन टुकुचे खोज्ने महानगरको अभियान  



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज सोमबारपनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।

टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । उत्खननस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरेको बताए । उनले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए । 

हिजो आइतवार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले काठमाण्डाै महानगरपालिकालाई आदेश दिएको थियो । महानगरले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो । यद्यपि महानगरले भने टुकुचा खोला उत्खननको प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : २०७९, ३ आश्विन सोमबार ००:००  २ : ३७ बजे