२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीको तिलाठी डुबानमा: बाढीसँगै १० वटा शव बगेर आए



काठमाडौं । स्थानीय खाँडो खोलामा आएको बाढीका कारण सप्तरीको तिलाठी गाउँ डुबानमा परेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीको बेल्ही टोल हरेक वर्षझैँ यो वर्ष पनि जलमग्न भएको हो । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानको चपेटामा परेको गाउँपालिकाले जनाएको छ ।

लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए । बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत नोक्सान गरेको छ । भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पु¥याएको छ । बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ ।

बाढीले करिब आठदेखि १० वटा शवसमेत बगाएर ल्याएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए । शवको कारण अत्यन्तै दुर्गन्ध फैलिएको मण्डलले बताए । ती शव कसको हो र कहाँबाट बगेर आए खुलेको छैन ।

यस्तै, बलानखोलामा आएको बाढीले सप्तरीको बलानबिहुल गाउँपालिका–४ को बेल्ही बस्ती जोखिममा परेको छ । चुरे मूल भएको बलान नदीमा आएको बाढीले खेतजग्गा धमाधम कटान गर्न थालेपछि बेल्हीगाउँ जोखिममा परेको स्थानीयवासीको भनाइ छ।

लगातारको वर्षाले खोलामा पानीको बहाव बढिरहेकाले स्थानीयवासीमा त्रास पनि बढेको बेल्हीका अनवारुल मियाँले बताए । खोला कटानले मदन मियाँ, मुस्तफा मियाँ, सदानन्द पाठकलगायतको खेत बगाएको छ भने अरुहरुको खेतजग्गा जोखिममा रहेको छ ।

प्रकाशित मिति : २०७७, ३० असार मंगलबार ००:००  ३ : ४१ बजे