२०८३, २८ भदौ आइतबार | Sun Sep 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिंजामा प्रभावकारी बन्दै ‘शुन्य घर सुत्केरी’ अभियान



जुम्ला। जुम्लाको सिंजा गाउँपालिकामा आधारभूत स्वास्थ्य केन्द्रमा प्रसुतिगृह सञ्चालनमा आएको छ ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले ‘शुन्य घर सुत्केरी’ अभियान अन्तर्गत संविधान दिवसको अवसरमा आधारभुत स्वास्थ्य केन्द्रमा थप सेवा विस्तार गरी प्रसुतिगृह स्थापना गरिएको बताए । उनले भने, ‘अब यहाँका आमहरूले बर्थिङका लागि अन्यत्र जानुपर्दैन’। ‘घरमै सुत्केरी हुन पर्ने समस्या अब निर्मुल हुन्छ’ उनले थपे ।

प्रसुती गृहका लागि आवश्यक दक्ष जनशक्ति एसबिए तालिम प्राप्त दक्ष जनशक्ति एक जना, अहेव दुई जना, अनमी दुई जना र सहयोगी एक जना गरी अहिले ६ जना जनशक्तिको व्यवस्थापन गरिएको अध्यक्ष धितालले बताए ।

गाउँपालिका अध्यक्ष धितालले नीति तथा कार्यक्रममा मुख्य स्वास्थ्य,  शिक्षा र पूर्वाधारलाई मुख्य प्राथमिकता दिएको र सोही अनुरूप काम हुने बताए। उनले गाउँपालिकालाई  भ्रष्टाचार मुक्त बनाउने दाबी  गरे।  

प्रकाशित मिति : २०७९, ३ आश्विन सोमबार ००:००  ४ : २४ बजे