२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेष्ठ नागरिकलाई दशैंभत्ता दिँदै कागेश्वरी मनोहरा

नगरप्रमुख कार्की भन्छन्, ‘सबै नागरबासीले अपनत्व लिने गरि नगरपालिकाले काम गर्छ । लक्षित वर्ग विशेष कार्यक्रममा बढी जोड दिन्छौं ।’



काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जेष्ठ नागरिकलाई दशैं खर्च दिने भएको छ । नगरपालिका भित्रका सबै जेष्ठ नागरिकलाई चाडपर्व खर्चस्वरुप नगरपालिकाले जनहि एक हजार रकम दिने भएको हो ।

जेष्ठ नागरिकहरुका लागि सरकार नै अभिभावक भएकाले नगरपालिकाले अभिभावकत्व दिएर सेवा र सहयोगका कार्यक्रम ल्याएको नगरप्रमुख उपेन्द्र कार्कीले बताए । नगरप्रमुख कार्कीले घरघरमा पुगेर जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार दिने नीतिगत कार्यक्रम लागू गरेको र राज्यले दिने सामाजिक सुरक्षा भक्तामा थप एक हजार बढाएर नगरपालिकाले जेष्ठ नागरिकलाई पर्व बनाउने खर्च दिइने बताए । ‘पाकापुस्ताका बुबा आमाको सहारा भनेकै सरकार हो । मैले चुनाव अभियानमा पनि उहाँहरुलाई विशेष नीति ल्याएरै सम्बोधन गर्छु भनेको थिएँ । अहिले काम पनि गरिरहेकै छु ।’ अनलाइन सरोकारसँग नगरप्रमुख कार्कीले भने, ‘सबै उमेरका नागरबासीले अपनत्व लिने गरि नगरपालिकाले काम गर्छ । लक्षित वर्ग विशेष कार्यक्रममा बढी जोड दिन्छौं ।’ उनका अनुसार नगरपालिकाले जेष्ठ नागरिकका लागि निःशूल्क घरघरमै स्वास्थ्य परीक्षणको पनि व्यवस्था मिलाएको छ । यसबाहेक विशेषज्ञ सेवा कम्तिमा वर्षमा एक पटक पाउने गरी विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर संचालन गर्ने तयारी गरेको छ ।

कागेश्वरीमा मेयरसँग जेष्ठनागरिक घरदैलो निशूल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम अन्तगर्त सबै वडाका जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि वडानम्बर–९बाट अभियान थालिएको छ ।

नगरपालिकाले जेष्ठ नागरिकलाई खाजा, जेष्ठ नागरिक भवन तथा जेष्ठनागरिक पार्कका लागि पनि गृहकार्य सुरु गरेको छ ।

नगरपालिकामा प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको सय दिनमा गरेका कामको विवरण समेत  सार्वजनिक गरिसकेका छन् । 

प्रकाशित मिति : २०७९, ४ आश्विन मंगलबार ००:००  ११ : १४ बजे