२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुम पश्चिमको घटना नियोजित: संसदीय समिति



काठमाडौं । अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको चौरजहारी घटना नियोजित भएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ । आक्रमणको नेतृत्व वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको समितिले निष्कर्ष छ ।

अन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका थिए । तर युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।

उक्त घटनाको छानविनका लागि जेठ २६ मा प्रतिनिधि सभा बैठकबाट सांसद देवेन्द्र पौडेल नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिले मंगलबार अपराह्न सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउँदैछ ।

प्रकाशित मिति : २०७७, ३० असार मंगलबार ००:००  ५ : २५ बजे