२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकाका २ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकाका २ जना सहित नेपालमा मंगलबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिभिन्न २५ प्रयोगशालामा गरिएको परिक्षणमा थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

हालसम्म ६ हजार ६९५ जना संक्रमितहरु सक्रिय रहेको प्रवक्ता गौतमले बताए । यस्तै मंगलबार थप ३४ जना कोरोना संक्रमितहरु सक्रमणमुक्त भइ स्वास्थ्य लाभ लिएर घर फर्किएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या १० हजार ३२८ पुगेको छ ।

हालसम्म नेपालमा ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । मंगलबार पिसीआर बिधीबाट ४ हजार ३ सय ६१ जनाको नमूना परिक्षण गरिएको छ । देशभर हाल २४ हजार ७१६ जना क्वारेन्टाइनमा छन् भने ६ हजार ६९५ जना आइशोलेसनमा छन् ।

प्रकाशित मिति : २०७७, ३० असार मंगलबार ००:००  ११ : ११ बजे