२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपनको आगलागी मृत्यु हुनेको संख्या ३ पुग्यो



काठमाडौं । कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान हुनसकेको छैन ।

घरको माथिल्लो तलामा रहेकाहरुको उद्धार गरिएको छ ।

दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २०७९, ६ आश्विन बिहीबार ००:००  ७ : ५७ बजे