२०८०, १७ मंसिर आइतबार | Sun Dec 3 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवल नगरपालिका प्रमुख अर्यालद्वारा एक सय दिनको कार्यप्रगति सार्वजनिक



पश्चिम नवलपरासी। सुनवल नगरपालीकाले सय दिनको कार्यसम्पादन तथा उपलब्धि सार्वजनिक गरेको छ ।

बुधबार नगरप्रमुख विमला अर्यालले सय दिनको कार्यसम्पादन तथा उपलब्धि सार्वजनिक गरेकी  हुन्   ।

नगरप्रमुख अर्यालले आर्थिक वर्ष २०७८-७९ को कुल बजेट १ अर्व ३४ करोड ३७ लाख ३७ हजार ७ सय ४२ रुपैया मध्ये ८२ करोड ८ लाख २९ हजार ४ सय ८१ रुपैया ४५ पैसा खर्च भई वित्तिय प्रगति ६१.०८ प्रतिशत रहेको बताइन । जसमध्ये चालु खर्च तर्फ ७१.८४ प्रतिशत र पूँजीगत तर्फ ५३.४६ प्रतिशत वित्तिय प्रगति देखिएको छ ।

उनले सय दिनको कार्यसम्पादन तथा उपलब्धि लाई सुशासन तथा संस्थागत विकास, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वनवातावरण तथा विपद् व्यवस्थापन र अन्य अभियानमूखि कार्यक्रम गरी छ भागमा विभाजन गरी प्रस्तुत गरेकी  थिइन् । 

जसअन्तर्गत सुशासन तथा सस्थागत विकासमा नागरीक लाई प्रत्यक्ष लाभ र सुविधा दिने उदश्यले नगर र सबै वडा कार्यालयहरुमा नागरिक सहायता कक्षको व्यवस्था गरी सेवाग्राहिलाई आवश्यक पर्ने फोटोकपी र निवेदन निशुल्क गरीएको, प्राकृतिक साधन र श्रोतको संरक्षण, नदि जन्य बस्तुको चोरी नियन्त्रणका लागि सबै संयन्त्रहरु परिचालन गरीएको, न्यायिक समितिमा सय दिनको अवधिमा दर्ता भएका २९ वटा उजुरी मध्ये २३ वटा उजुरिहरु मेलमिलापबाट निरुपण गरीएको र ६ वटा उजुरी मेलमिलापको प्रकृयामा रहेको लगाएतको उपलब्धि रहेको छ ।

त्यसैगरी पूर्वाधार विकासमा स्थानिय साधन र श्रोतको परिचालन गरी जेठको चौथो हप्ता नगरका हिलाम्य सडकहरुलाई हिलोमुक्त अभियान संचालन गरी सर्मत संभार गरीएको जस अन्तर्गत १२.५२ किलो मिटर सडक ग्राभेल तथा मर्मत कार्य सम्पन्न भएको, नगरका बिभिन्न स्थानमा विद्युत ट्रान्सफरमर जडान गरिएको र अपुग स्थानका लागी ट्रान्सफरमर, विद्युत तार र पोल उपलब्धताका लागि सम्बन्धित निकायमा प्रकृया अगाडि बढाईको लगाएतको उपलब्धि रहेका छन् ।

सामाजिक विकासमा ५ हजार लिटर सम्म पानी प्रयोग गर्ने नगरवासीलाई साउन १ गतेदेखि पानी महशुल छुट गरीएको, मृगौला रोगीको उपचारका लागि गौतमबुद्ध मुटु अस्पताल बुटवलसगँ सहकार्य गरी सुनवलमा मृगौला डायलाईसिस सेन्टर संचालन प्रारम्भ गरिएको, नगरका करीव ५ हजार जेष्ठ नागरिकहरुको घरदैलो मै गई स्वास्थ्य परिक्षण र औषधी उपचार गर्ने कार्य शुरु गरीएको ,विगतका आयोगले संकलन गरेका फारामहरुलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति नवलपरासी सगँ समन्व्य गरी सुनवल नगरपालीका वडा नम्बर १० का अधुरा तथा प्रकृयामा नआएका फारामहरुलाई ७ दिने सूचना जारी गर्ने  कार्य सकि राजश्य निर्धारण गरी जग्गा धनि दर्ता प्रमाण पुर्जा वितरणका लागी अन्तिम चरणमा रहेका लगाएतका उपलब्धिहरु रहेका छन् ।

आर्थिक विकासमा शित भण्डार निर्माण सम्पन्न गरी संचालनमा ल्याउने प्रकृया अगाडि बढाईएको, कृषिलाई व्यवसायिकरण गर्ने र पढ्दै कमाउदै कार्यक्रम संचालनका लागी पुर्व तयारी स्वरुप अभिमुखिकरण सम्पन्न गरी योजना निर्माण प्रक्रिया अगाडि बढाईएको, नगरपालीकालाई खाद्यान्यमा आत्मनिर्भर बनाउन बाझो जमिनमा खेति गर्न मन्त्रालय सगँको सहकार्यमा कार्य अगाडि बढाईएको लगाएतका उपलब्धिहरु रहेको छ ।

त्यसैगरी वनवातावरण तथा विपद व्यवस्थापनमा बर्षैदेखि डुवानमा परेका बस्तीहरुमा नगरपालिकाको स्रोत र साधनहरु प्रयोग गरी पानी निकासको व्यवस्था मिलाई डुवानबाट बचाइएको, भर्लावास खोला, पानभार खोला, भुमहि खोला लगायतका खोलाहरुमा डाइभरसन गरीएको लगाएतका उपलब्धिहरु रहेको छ भने अन्य अभियानमूखि कार्यक्रम अन्तर्गत सुनवल नगरपालीकाको आयोजनामा सरोकारवालाहरु सगँ रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरीएको, सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वनका सफलता, चुनौती र स्थानिय सरकार सगँ सहकार्य विषय अन्र्तक्रिया कार्यक्रम गरीएको, हिसां नियन्त्रण,रोजगारी श्रृजना, बालमैत्री स्थानिय शासन,महामारी नियन्त्रण, पोषणमैत्री पालिका निर्माण लगाएतका विषयमा अभियानमुखि कार्यक्रमहरु सम्पन्न गरीएको लगाएतको उपलब्पिध समावेष गरीएको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले सुनवल नगरपालीकाको भौतिक तथा सामाजिक विकासको लागी सुनवल सर्किट निर्माण गरी अन्तर निकाय लगानी बृद्धि गरी कार्यान्वयनमा ल्याउनुको साथै नगरपालीका लाइ पूणर् सरसफाइ युक्त नगरपालीका बनाउन टोल विकास संस्था मार्फत अभियान संचालन गर्ने , भूमिको वर्गिकरण, सुकुम्बासि समस्या समाधान जस्ता भूमि प्रशासन सम्बन्धि कार्यलाई संघ र प्रदेश सरकारको समन्वयमा सम्पन्न गर्ने साथै नगरको समग्र विकासका लागि व्लू प्रिट जारि गरी कार्यान्वयन गर्ने लगाएतका नगरपालिकाको आगामी कार्यदिशाको बारेमा उल्लेख गरेकी थिइन्  ।

प्रकाशित मिति : २०७९, ६ आश्विन बिहीबार ००:००  १० : ४६ बजे