२०८०, १५ जेठ सोमबार | Mon May 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगा जिसस प्रमुखले लिए पिर्के सलामी !



ओखलढुंगा । ओखलढुंगामा प्रहरीले जिल्ला समन्वय समितिका प्रमुखलाई पिर्के सलामी दिएको छ । प्रहरी दिवसको अवसर पारेर प्रहरीले जिसस प्रमुख डिल्लीराम खनाललाई सलामी दिएको हो ।

प्रहरी दिवसरको अवसरमा प्रहरीले आफुलाई तोप सलामी प्रदान गरेको जिसस प्रमुख खनालले बताए । प्रमुख खनालले नेपाली पोसाकमा रातो कपडाले सजाएको पिर्कामाथी चडेर सलामी ग्रहण गरेका छन् ।

पछिल्लो समय पिर्के सलामी लिने नेताहरु आलोचित बन्ने गरेका छन् । अरुको आलोचना गरेपनि नेताहरुले यस्तो सलामी लिन भने छाडेका छैनन् ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा जिसस प्रमुख खनालले प्रहरीको योगदानको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : २०७९, ३१ आश्विन सोमबार ००:००  ११ : ३३ बजे