२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ११६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा बुधबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा २६ वटा प्रयोयशालामा ५ हजार ९० जनाको पीसीआर परीक्षण भएको छ ।

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार ००:००  १० : ५९ बजे