२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १६७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा बिहीबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । प्रवक्ता गौतमका अनुसार योसँगै नेपलमा कोरोना मुक्त हुनेको संख्या ११ हजार २४९ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार हाल नेपालमा संक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ । क्वारेन्टाइनमा २३ हजार ५ सय रहेको उनले जानकारी दिए । अहिलेसम्म नेपालमा कोरोनाका कारण ३९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार ००:००  १० : ४४ बजे