काठमाडौं । नेकपा एमाले बुढानिलकण्ठ नगरपालिकाका उपाध्यक्ष शम्भु भटराईले आफ्नो पार्टीलाई मत माग्नु स्वभाविक हुने बताएका छन् । आफुले पार्टीको पक्षमा प्रचारगर्दा विपक्षीले आलोचना गरेको भन्दै भटराईले त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका हुन् ।
जनप्रतिनिधिसँगै पार्टीको पनि जिम्मेवार पदमा बसेका सबै नेताहरु आम चुनावमा पार्टी प्रचारमा लाग्नु नौलो नहुने उनको तर्कछ । ‘देशभरका जनप्रतिनिधिहरु आफ्नो पार्टीको प्रचारमा लागेका छन् तर साथीहरु मैले मात्रै गरेझैं विरोध गर्न लागेका छन् केही फरक पर्दैन म पार्टीको जिम्मेवार सिपाहि पनि हुँ त्यसैले फेरि पनि मेरो भूमिका पार्टी जिताउने नै रहन्छ । अरु पार्टीका साथीहरु पनि त लाग्नुभएकै छ । ’ उनले भने, ‘निर्वाचन आचारसंहितालाई ख्याल गर्दै काम गर्ने कुरामा हामी सचेत छौं । बूनपा १२ को वडाअध्यक्षले मात्रै होइन देशभरका जनप्रतिनिधिले के भूमिका खेलेका छन् त्यसको निष्पक्ष अनुगमन गरौं ।’ आफुले आचारसंहिता विपरित गतिविधि नगरेको उनले बताए ।
भटराई एमालेको बुनपा नगरकमिटीका उपाध्यक्ष हुन् ।
वडाध्यक्ष भट्टराई नगरपालिकामा सुशासन समितिका संयोजक समेत हुन् । आफुले नगरक्षेत्रमा सुशासन स्थापित गराउन गरेको पहल अनुकरणिय रहेको भन्दै उनले मंसिर ४ को निर्वाचन स्वच्छ र सुरक्षित बनाउने पक्षमा रहेको बताए । सबै विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने उनको तर्क छ ।