२०८१, ८ मंसिर शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाका उम्मेदवारले १९ लाख भन्दा बढी खर्च गर्न नपाउने 



ओखलढुंगा । ओखलढुंगाका उम्मेदवारले १९ लाख भन्दा बढी खर्च गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले प्रदेशसभाका उम्मेदवारले खर्च गर्न पाउने सीमा पनि निर्धारण गरे अनुसार ओखलढुंगाका दुवै प्रदेशसभाका उम्मेदवारले १९ लाख भन्दा बढी खर्च गर्न नपाउने भएका हुन् । निर्वाचन खर्चिलो बनेको बढिरहेका बेला आयोगले दल तथा उम्मेदवारका लागि खर्चको अधिकतम सीमा तोकेको हो ।

प्रदेशसभाका उम्मेदवारले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक–फरक खर्च सीमा निर्धारण गरिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन क्षेत्रको आधारमा अधिकतम १५ लाखदेखि २३ लाखसम्म खर्चको मापदण्ड निर्धारण गरेको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यले गर्न पाउने खर्चको फरक–फरक सीमा निर्धारण गरे लगत्तै प्रदेशसभातर्फ पनि क्षेत्रगत रूपमा फरक–फरक खर्चको सीमा निर्धारण गरेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९, ३ कार्तिक बिहीबार ००:००  १ : ०३ बजे