२०८३, १८ बैशाख शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेमय बन्यो जन्तरखानी, माओवादी नेता मदन मगरसहित २६५ जना एमाले प्रवेश



ओखलढुंगा । ओखलढुंगाको जन्तरखानीका २६५ जना एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका नेता मदनबहादुर मगरको नेतृत्वमा माओवादी, कांग्रेस, जसपा र नेकपा एसका नेता एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुले पूर्वमन्त्री अम्बिरबाबु गुरुङको विकास निर्माणको योजनालाई साथ दिँदै विकासको बाँकी काम सम्पन्न गर्न एमाले प्रवेश गरेको बताएका छन् । मंसिर ४ मा हुने निर्वाचनमा एमालेको विजय सुनिश्चित गराउन लाग्ने तयारी सहित जन्तरखानीका माओवादी, जसपा, कांग्रेस र एसका नेता कार्यकर्ता एमाले प्रवेश गरेको एमाले नेता मनोज मगरले बताए । उनका अनुसार जन्तरखानी एमालेमय बनेको छ । स्थानीय निर्वाचनमा माओवादी र नेकपा एसका वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरु सबै एमाले प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार र पूर्वमन्त्री अम्बिर गुरुङ, जिल्ला अध्यक्ष शंकर कट्वाल, प्रदेश कमिटी सदस्य इच्छाकुमारी गुरुङ लगायतले नव प्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।
जन्तरखानीमा माओवादी र नेकपा एस पार्टी नै एमालेमा विलय भएको छ ।

नवप्रवेशीलाई उचित जिम्मेवारी दिने र विकास निर्माणमा अपेक्षीत सहयोग गर्ने पूर्वमन्त्री गुरुङले बताए ।

ओखलढुंगामा एमाले प्रवेशको लहर चलेको छ ।

प्रकाशित मिति : २०७९, ६ कार्तिक आइतबार ००:००  ८ : २९ बजे