काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले राजधानीमा बस्ने एमाले नेता कार्यकर्तालाई जिल्ला फर्कन निर्देशन दिएका छन् । रिटर्नी फेडेरेसन नेपालले आयोजना गरेको चुनाव परिचालन विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै सुनुवारले मंसिर ४ को चुनाव केन्द्रीत भएर जिल्लामा खट्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
तिहारको भोलिपल्टबाट काठमाडौं होइन जिल्ला फर्किएर काम खट्नुस् । यो बेला जिल्ला नजाने र नखट्ने कार्यकर्ताले भुगोलको जिम्मेवारीबाट बिदा गर्नुपर्ने हुनसक्छ´ उनले भने,
एमाले एकतावद्द छ । कार्यकर्ता तहसम्म एकजुट भएर अघि बढौं सहज जित निकाल्न सकिन्छ ।´ नेता सुनुवारले अहिलेको निर्वाचनमा जित निकाल्दा आगामी स्थानीय निर्वाचनमा सहज हुने भएकाले तल्ला कमिटी क्रियाशिल हुनुपर्ने बताए ।
लगानी मैत्री वातावरण बनाउने, स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने र दक्ष जनशक्ति उत्पादन गर्दै मुलुक समृध्द बनाउने एमालेको लक्ष्य रहेको उनले बताए । जिल्लाको विकास निर्माणमा अतुलनीय योगदान गर्ने पार्टी एमाले नै भएकाले जितका लागि सहज हुने बताए ।