२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको मतदातालाई आश्वासन- ६५ वर्षमै वृद्ध भत्ता



काठमाडौं । नेपाली कांग्रेसले एकीकृत सामाजिक सुरक्षा अन्तर्गत कोखदेखि शोकसम्म कार्यक्रम चलाउने घोषणा गरेको छ । आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस नेतृत्वको सरकार बने यस्तो अभियानको घोषणा गरेको हो ।

घोषणापत्रमा भनिएको छ, ‘कांग्रेसले परिकल्पना गरेको समतामूलक र न्यायपूर्ण समाजमा नागरिकको जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यका केही निश्चित आर्थिक तथा सामाजिक दायित्व हुन्छन् । त्यसैले नेपाली कांग्रेसले सस्तो लोकप्रियताका लागि सामाजिक सुरक्षाका खुद्रे वितरणमुखी कार्यक्रममा होइन, प्रत्येक नेपाली नागरिकले सम्मानित जीवनयापन गर्न सक्ने गरी एकीकृत सामाजिक सुरक्षा अवधारणामा विश्वास गर्दछ ।’

कोखदेखि शोकसम्मको एकीकृत सामाजिक सुरक्षा अवधारणामा कांग्रेस अडेको उल्लेख गरेको छ । कांग्रेसले ६५ वर्षको उमेरबाटै वृद्ध भत्ता दिने घोषणा समेत गरेको छ भने, निःशुल्क स्वास्थ्य बीमा गर्नेछ। अहिले ७० वर्षबाट कांग्रेस नेतृत्वकै सरकारले ६८ वर्षको उमेरबाट वृद्ध भत्ता दिँदै आएको छ।-nepalpress

messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button

प्रकाशित मिति : २०७९, १३ कार्तिक आइतबार ००:००  ११ : २० बजे