२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिण कोरियाको राजधानी सउलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु



दक्षिण कोरियाको राजधानी सउलमा शनिबार राती भागदौडको घटना हुँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भीडमा मच्चिएको भागदौडमा अरू दर्जनौं घाइते भएका छन्।

कोरोना महामारीका कारण तीन वर्षपछि यसपालि दक्षिण कोरियामा हालुविन इभ मनाउन दिइएको थियो।

सउलको इतेवन क्षेत्र नाइटलाइफका लागि लोकप्रिय छ। बार र क्लबहरू भएको उक्त क्षेत्रमा शनिबार राती झन्डै एक लाख मानिस जम्मा भएको बिबिसीले उल्लेख गरेको छ।

अत्याधिक भीड भएपछि सास फेर्न गाह्रो भएको भन्दै मानिसहरू त्यहाँबाट बाहिर निस्कन खोज्दा स्थानीय समयअनुसार राती १० बजेतिर भागदौड मच्चिएको बताइएको छ।

मृत्यु हुनेमा २० देखि ३० वर्षका युवती धेरै छन्। दुई जना विदेशीको पनि मृत्यु भएको छ। घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत विभिन्न देशका नेताहरूले दुस्ख व्यक्त गरेका छन्।

दक्षिण कोरियाली अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

प्रकाशित मिति : २०७९, १३ कार्तिक आइतबार ००:००  १२ : २९ बजे