२०८३, १५ असार सोमबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्वार्कोमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु



ललितपुरको ग्वार्कोमा हिजो बेलुकी स्कोरपियो जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको निलो रङको स्कोरपियो जिपले पैदल हिँडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो राति ठक्कर दिएको थियो ।

उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९, १३ कार्तिक आइतबार ००:००  १२ : ५७ बजे