२०८१, ८ मंसिर शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार हो : एमाले नेता लिलानाथ श्रेष्ठ



सिरहा । नेकपा एमालेका नेता लिलानाथ श्रेष्ठले नेकपा एमाले राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार भएको बताएका छन् । सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका श्रेष्ठले वर्तमान परिस्थितीमा देश र जनताको एक मात्रै पार्टी एमाले रहेको बताएका हुन् ।

सिरहाको स्थापित नेताका रुपमा परिचित श्रेष्ठले चुनावी प्रचार अन्तरगत घरदैलो अभियान गरिरहेका छन् । मतदाता माझ पुगेका उनले नेकपा एमालेले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षी पुरा गर्न मंसिर ४ गते हुने निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

अहिले देश दुई वटा ध्रुवमा बाँडिएको उनको तर्क छ । एउटा एमाले राष्ट्रियताको पक्षमा, राष्ट्रिय हितको पक्षमा, स्वाभिमानको पक्षमा उभिने शक्ति, अर्को त्यसको विपरीत आत्मसमर्पणको नीति, सत्ता स्वार्थको नीति र घुँडा टेकुवाहरू, यी दुइटामा बाँडिएको र आज नेकपा एमाले राष्ट्रिय राजनीतिको राष्ट्रवादी धारका रुपमा रहेको उनले बताए ।

केपि ओली नेतृत्वको जनादेशप्राप्त सरकार ढालेर अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले देश लुट्ने बाहेक अर्को काम नगरेको बताए । ‘जनताको अभिमत पाएको सरकार ढालेर सेटिङबाट अदालतको परमादेश जारी गरेर बनेको सरकार देश लुट्नमा मात्रै मस्त छ ।’, उनले भने, ‘अहिलेको सरकार नेपाली जनतालाई सहिनसक्नु भएको छ, विदेशीलाई कम्फरटेवल भएको छ । त्यसैले देश र जनताको प्रिय पार्टी एमालेलाई जिताऔं ।’ जसपा र राप्रपासँग मिलेर आगामी सरकार बन्ने भएकाले एमाले, जसपा र राप्रपाका कार्यकर्ता इमान्दार भएर चुनावमा परिचालित हुनुपर्ने बताए ।

गठबन्धनका दलले सत्ता प्राप्त गर्न र टिकाउनको लागि मुलुक बेचिदिने उनको भनाइ छ । त्यसबाट देश जोगाउनु आजको आवश्यकता भएको श्रेष्ठले बताए ।

सिरहा क्षेत्र नम्बर ३ मा श्रेष्ठको पक्षमा माहोल तातेको छ ।

शालिन एवम् विकासप्रेमी नेताको छवि बनाएका लिलानाथ यो पटक शानदार विजयी भएर संसद छिर्ने तयारीमा छन् ।

प्रकाशित मिति : २०७९, १३ कार्तिक आइतबार ००:००  १ : २२ बजे