२०७९, २६ माघ बिहीबार | Thu Feb 9 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा यज्ञराजलाई अग्रज र योद्धाको साथ !



काठमाडौं । नेकपा एमालेका नेता यज्ञराज सुनुवारले जिल्लाका अग्रज र योद्धाको साथ आफुले पाएको बताएका छन् । जिल्लाका विभिन्न अग्रज व्यक्तिहरुसँग भेट गरेका सुनुवारले अग्रजको साथले आफ्नो जित थप सुनिश्चित बनेको बताएका हुन् ।
ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सुनुवार जिल्लामा समकालिन राजनीतिका कुसल संगठक मानिन्छन् । सबैसँगको मित्रवत सम्बन्ध राख्ने सुनुवारले पछिल्लो समय जिल्लाका फरक पार्टीमा आस्था राख्नेदेखि स्वतन्त्र सामाजिक अभियानमा सकृय व्यक्तिहरुसँग समेत भेट गरेका छन् ।

सुनुवारले जिल्ला विकास समितिका पूर्वसभापतिहरु खिलानाथ अधिकारी, महेश कोर्मोचा, नेपाली सेनाका पूर्व सेनापती रुकमांगत कट्वाल, पुराना कम्युनिष्ट नेता लोककृष्ण भटराई, माओवादी नेता पेशल खतिवडासहितका जिल्लाका अग्रजसँग भेटेर आशिर्वाद लिएका छन् ।

भेटका क्रममा अग्रजहरुले जितको शुभकामना दिँदै सक्दो सहयोग गर्ने बचन दिएको सुनुवारले बताए । ‘यसबीचमा मैले जिल्लाका सबै अग्रज र योद्धाहरुसँग भेटेँ । शुभकामना र आशिर्वाद लिएँ । उहाँहरुले जितका लागि सक्दो योगदान गर्ने बचन दिनुभएको छ ।’ उनले भने, ‘म बालकदेखि बृद्धसम्मको मनोभावना बुझेर, जिल्लाबासी जनताको मतबाट फेरि निर्वाचित भएर जिल्लाको दिगो विकास र रुपान्तरणको अभियान संस्थागत गर्न चाहान्छु । यसमा सबैको साथ र हौसला पाएको छु ।’ विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरु समेत आफ्नो पक्षमा रहेको सुनुवारको दावी छ ।

२ पटक ओखलढुंगाबाट चुनाव जितेका सुनुवार मंसिर ४ गते हुने निर्वाचनमा पनि आफुले जित्ने दावी गरिरहेका छन् ।

ओखलढुंगाका तीन वटं सिटमा एमालेको सानदार विजय सुनिश्चित गर्न आफुहरु घरदैलोमा रहेको सुनुवारले अनलाइन सरोकारसँग बताए ।

प्रकाशित मिति : २०७९, १३ कार्तिक आइतबार ००:००  १ : ५८ बजे