२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा १५ जना कोरोना संक्रमित थपिए



ओखलढुंगा । ओखलढुंगामा बिहीबार १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको पिसिआर परीक्षणमा ओखलढुंगाका १५ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै ओखलढुंगामा कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले मानेभन्ज्याङ गाउँपालिकास्थित सोलु करिडोरमा काम गर्ने १५ जना भारतीय मजदुरमा संक्रमण देखिएको पुष्टि गरे । उनले २३ जना भारतीय मजदुरको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको बताए । तर उनीहरु अहिले जिल्लामा नरहेको तिवारीको भनाई छ ।

यसअघि लिखु गाउँपालिकामा ५ जना र सुनकोशी गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये १ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार ००:००  १ : ५६ बजे