२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताको अपार माया पाएँ, अत्याधिक मत पनि पाउँछु : बाबुराम गौतम


२०७९, १३ कार्तिक आइतबार ००:००  

98
Shares

ओखलढुंगा । ओखलढुंगा प्रदेशसभा ख का उम्मेदवार बाबुराम गौतमले जनताको अपार मायाँ पाएको भन्दै अत्याधिक मत पनि पाउने बताएका छन् । कांग्रेससँगको तालमेलमा उम्मेदवार बनेका गौतमले चुनावी अभियानमा आफ्नो पक्षमा माहोल बनेको दावी गर्दै मंसिर ४ मा मतपेटीकामा मत समेत आफ्नै पक्षमा बढीझर्ने दावी गरेका हुन् ।

‘जनताको अपार माया पाएँ अत्याधिक मत पनि पाउँछु भन्ने अपेक्षा छ ।’ उनले भने, ‘जनताको सेवक बनेर काम गर्ने संकल्पसहित चुनावै मैदानमा छु ।’ आफ्नो निर्वाचन क्षेत्रको विकासको खाका कोरेर अघि बढ्ने भन्दै आफुलाई विजयी गराउन अपिल समेत गरेका छन् ।

माओवादी आन्दोलनमा लामो समय संघर्ष गरेका गौतम पहिलो पटक आम चुनावमा प्रतिस्पर्धा गर्दैछन् । उनलाई कांग्रेसका कार्यकर्ता र मतदाताको भर छ । गौतमसँग एमालेका ज्ञानबहादुर खड्का जिवी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २०७९, १३ कार्तिक आइतबार ००:००  २ : १७ बजे