ओखलढुंगा । नेपाली काँग्रेसका युवा नेता एबम ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरी खतिवडाले जनभावना बुझ्ने र काम गर्न सक्ने योग्य उम्मेदवारलाई बिजय गराउन अपिल गरेका छन् । आईतबार सुनकोशी गाउँपालिका स्तरीय कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै खतिवाडाले जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले नागरिकको माग र आवश्यकता लाई समेटेर काम गर्न नसकेका उम्मेदवारलाई यस पटक आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् ।
संघिय उम्मेदवार खतिवडाले नेपाली काँगे्रसले हालै सार्वजनिक गरेको घोषणा पत्रको स्मरण गराउदै ३ वर्ष मुनिका बच्चा, ७३ वर्ष माथिका बृद्धहरुको नि:शुल्क स्वास्थय उपाचार, गणस्तरीय शिक्षा, यूवाहरुलाई स्वरोजगार, बजार व्यबस्थापन सहितको आधुनिक कृषि प्रणाली र दिगोबिकास सहितको समृद्ध ओखलढंगा निमार्णका लगि जिल्लामा गठबन्धनलाई आसन्न मंसिर ४ मा हुने निर्वाचनमा मतदान गरि बिजय गराउन आह्वान गरेका छन ।