२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बसको ठक्करबाट तिलगंगामा मोटरसाइकल चालकको मृत्यु



काठमाडौं । काठमाडौंको तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । काठमाडौं महानगरपालिका ८ तिलगंगास्थित सडकमा बा ४ ख ९३९६ नम्बरको बसले बा ९२ प ३१२० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दीएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जा घर भई काठमाडौं नयाँबानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधव पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप घर भई काठमाडौं लैनचौर बस्ने २६ वर्षीय गंगा मगरको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९, १६ कार्तिक बुधबार ००:००  १ : ४४ बजे