२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानीलकण्ठ –६ द्धारा ज्येष्ठ नागरिकलाई सम्मान



काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–६ ले वडाका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । वडाको टोलटोलमा पुगेर शुक्रबार वडा कार्यालयले ११० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

वडा समितिको निर्णय अनुसार, वडामा स्थायी बसोबास गरेका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप मायाको चिनोको रुपमा १ थान थर्मस, १ थान मास्क, १ गोटा हर्लिक्स वितरण गरिएको छ ।

ज्येष्ठ नागरिकहरूलाई कदर गर्न र उनीहरूको मनोबल उच्च राख्न सम्मान गरिएको वडा अध्यक्ष नवीन केसीले बताए । अन्य वडामा पनि निरन्तर ज्येष्ठ नागरिक सम्मान कार्यक्रम  सञ्चालन भइरहेको उनको भनाई छ ।

बुढेसकालमा सम्मान पाएपछि ज्येष्ठ नागरिकहरू खुशी भएका छन् ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार ००:००  १० : ४७ बजे