२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले भने( माओवादी युद्धमा पीडा भोगेका गोरखाका कांग्रेसलाई भेटेर मल्हमपट्टी लाउन चाहन्छु



काठमाडौं । माओवादी सशस्त्र युद्धका कमाण्डर तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धकालमा पीडित भएका कांग्रेस कार्यकर्ताका पीडित परिवारलाई आफूले भेट्न चाहेको बताएका छन् ।

काठमाडौंमा आयोजित गोर्खालीहरूको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा माओवादीको तर्फबाट पीडामा परेका तथा क्षति भोगका परिवारलाई भेटेर मल्हमपट्टी लगाउन चाहेको बताए ।

कांग्रेस नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले सुरेन्द्र पाण्डेजी, राजेन्द्र बजगाईँ र कमला पन्तसँग पनि भनेको छु । माओवादी आन्दोलनका क्रममा पीडामा परेका कांग्रेसका परिवार, क्षति भोगेका र ठूलो पीडामा परेकालाई भेटेर मल्हमपट्टी लगाउन चाहन्छु । ती परिवारलाई भेटेर शान्ति प्रक्रियाको महत्व बुझाउनेछु र गिरिजाबाबुसमेतको भावनालाई कदर गर्दै म उहाँहरूसँग कुरा गर्छु ।

अध्यक्ष प्रचण्डले ती पीडित परिवारलाई भेट्ने वातावरण बनाइदिन आफूले कांग्रेस नेताहरूलाई आग्रह गरेको बताए । गोरखामा कांग्रेस कार्यकर्ताको हत्या गरेर सुरू भएको माओवादी जनयुद्धका क्रममा धेरै कांग्रेस कार्यकर्ता पीडित भएकाले प्रचण्डले उनीहरूको सहानुभूति लिन खोजेका हुन् ।’

प्रकाशित मिति : २०७९, १७ कार्तिक बिहीबार ००:००  ११ : ५० बजे