२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १०१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरको प्रयोगशालामा गरिएको परीक्षणमा १०१ जना संक्रमित थपिएको जानकारी दिए । योसहितसंक्रमित हुनेको संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।

उनका अनुसार पछिल्लो २४ घण्टामा २८५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ५३४ जना रहेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार ००:००  १० : ५५ बजे